दोहोरो अंकले बढ्यो नेप्से कारोबार रकम ५ अर्ब माथि


काठमाडौँ । सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको हो ।

सोमबार कारोबारमा आएका ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयरहरू ७५ हजार ८५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.०१ प्रतिशतले बढेको बजारमा सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशतले बढेको छ । यस्तै उपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.३८ प्रतिशत, मायाखोला हाइड्रोपावर ५.३४ प्रतिशत र रिज इनर्जीको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि बुङ्गल हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी १०.३२ प्रतिशतले घटेको छ । के्रष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.५५ प्रतिशत, एआइबीएल ग्रथ फण्डको इकाई मूल्य ४.८४ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत आयोजना ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि खाँखुखोला जलविद्युत १४ लाख ५१ हजार ९९५ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा भने सोलु हाइड्रोपावर २ हजार ८८८ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

सोमबारको कारोबार सँगै कूल बजार पूँजीकरण ४७ खर्ब ५२ अर्ब २६ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार बजार पूँजीकरण ४७ खर्ब ४ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।