नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ६ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ४२ हजार ३५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । यो पटकको लिलामीमा अन्य लगानीकर्ताले भने आवेदन दिन पाउने छैनन् ।

विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंको सेयर रजिष्टर कार्यालय आईटी प्लाजा, कमलादीमा आवेदन दिन सक्ने छन् ।
। संस्थापक सेयरधनीबाट आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।