नेप्सेमा गिरावट कारोबार रकम पनि घट्यो


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुगेको हो ।

कारोबारमा आएका ३४२ कम्पनीका १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयरहरू ५२ हजार ७५१ पटक किनबेच हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य ९.२३ प्रतिशतले बढेको बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । त्रिशुली जलविद्युत कम्पनीको ५.८६ प्रतिशत, सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.६५ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ५.२४ प्रतिशतले बढेको छ ।

यता, सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ३.६० प्रतिशतले घट्दा ग्रीन विकास बैंकको सेयर मूल्य ३.१४ प्रतिशत, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य २.४५ प्रतिशत, एनआईसी एसिया बैंकको सेयर मूल्य २.४४ प्रतिशत र सालपा विकास बैंकको २.३८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि आँखु खोला जलविद्युत ११ लाख १८ हजार २२ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पनि आँखु खोला जलविद्युत आयोजना १ हजार ८७२ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

मंगलबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४७ खर्ब ३६ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । सोमबार बजार पूँजीकरण ४७ खर्ब ५२ अर्ब २६ करोड ८५ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।