रोजगार सेवा केन्द्र रूपान्तरण सम्बन्धी सरकारको निर्णय


काठमाडौँ । नेपाल सरकारले देशभरका रोजगार सेवा केन्द्रलाई “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गरिनेछ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन ६० दिनभित्र रूपान्तरण प्रक्रिया सम्पन्न गरिनेछ।

नयाँ व्यवस्थाअनुसार स्थानीय तहबाट श्रम बजार विश्लेषण, सीप तालिम, रोजगार परामर्श तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणलगायत सेवा एकीकृत रूपमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।