ठमाडौँ। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आफ्नो क्यूआर नेटवर्कमा युनियनपे इन्टरनेशनललाई सफलतापूर्वक एकीकृत गरेको जनाएको छ । यससँगै अब विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
फोनपेका अनुसार चीन, हङकङ, मकाउ, सिंगापुरलगायत विभिन्न देशका युनियनपे प्रयोगकर्ताले अब नेपालमा क्यूआर स्क्यानमार्फत प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन् ।
यस सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित कार्यक्रममा गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्था, व्यवसायिक क्षेत्र तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले युनियनपे जस्तो विश्वस्तरीय नेटवर्कसँगको सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।
युनियनपे इन्टरनेशनलका उपाध्यक्ष झुआङ बेइले नेपाल दक्षिण एसियाकै विकसित क्यूआर नेटवर्कमध्ये एक रहेको उल्लेख गर्दै फोनपेसँगको सहकार्यले आफ्ना प्रयोगकर्तालाई सहज डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।










प्रतिक्रिया