२ करोडसम्म पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशत प्रोत्साहन अनुदान दिने


काठमाडौँ। सरकारले कृषिमा उत्पादकत्व वृद्धिको नीति लिने भएको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै न्युनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशत प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रमको तयारी गरेको बताए ।

उत्पादन सुरु भएको मितिबाट लगातार ४ वर्षसम्म यस्तो अनुदान १० प्रतिशतका दरले शोधभर्ना हुने जानकारी दिए । उनले कृषि अनुदानको दुरुपयोग रोक्ने बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।