वीरगन्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ


काठमाडौँ । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ गरिएको छ । पर्साको ठोरीबाट उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले भने, “आज बिहान ६ः१५ बजे ठोरीबाट हामीले उहाँलाई पक्राउ गरेका हौँ ।”

सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  ०७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।