काठमाडौँ । स्वदेशी रङ उत्पादन क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै एभरेष्ट कलर लिमिटेडले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ।
चितवनको खैरहनीमा उद्योग रहेको यस कम्पनीले आफ्ना विभिन्न विधाका उत्पादनहरूका लागि आधिकारिक रूपमा गुणस्तर प्रमाण चिन्ह प्रमाणित कम्पनीको मान्यता पाएको हो।
यसअघि सन् २०२३ मा नै अन्तर्राष्ट्रिय स्तरको क्वालिटी म्यानेजमेन्ट सिस्टम प्रमाणपत्र प्राप्त गरिसकेको एभरेष्ट कलरले अब राष्ट्रिय स्तरको उच्च गुणस्तरको प्रमाणपत्र समेत पाएर उपभोक्ता माझ आफ्नो विश्वसनीयतालाई थप मजबुत बनाएको छ।
विभागकी महानिर्देशक कुमारी ज्योती जोशीद्वारा स्वीकृत इजाजत पत्र अनुसार कम्पनीले मिति यही जेठ १८ देखि लागू हुने गरी विभिन्न ब्रान्ड तथा ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर र २० लिटरका साइजहरूमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्ने अनुमति पाएको हो।










प्रतिक्रिया