सेन्सेइको ‘विश्वकप हेरौंला’ अफर सार्वजनिक


काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको टेलिभिजन ब्रान्ड सेन्सेइले फुटबल विश्वकपलाई लक्षित गर्दै ‘सेन्सेइमा विश्वकप हेरौंला’ अफर सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक, निःशुल्क एसी जित्ने अवसर तथा विस्तारित वारेन्टी सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार सेन्सेइ टिभी खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत निःशुल्क एसी जित्न सक्नेछन् भने २३ हजार ४ सय रुपैयाँ सम्म क्यासब्याक सुविधा पनि उपलब्ध हुनेछ। साथै टिभीमा विशेष २४ं+२४ महिनाको सर्भिस वारेन्टी प्रदान गरिएको छ।

सेन्सेइ स्मार्ट टिभीमा फोर–के अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो तथा वेबओएस स्मार्ट प्लेटफर्मजस्ता आधुनिक प्रविधि समावेश छन्, जसले विश्वकपका खेलहरूलाई उत्कृष्ट दृश्य तथा ध्वनि अनुभवसहित हेर्न सकिने कम्पनीको दाबी छ।

ग्राहकलाई सहज खरिद अनुभव प्रदान गर्न नागरिकताको आधारमा सरल ईएमआई सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यो योजना २०८३ जेठ २१ गतेदेखि साउन ३ गतेसम्म देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक शोरूम तथा विक्रेता नेटवर्कमार्फत लागू हुने कम्पनीले जनाएको छ। सेन्सेइले टेलिभिजनसँगै रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर तथा चेस्ट फ्रिजरलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार  १४ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।