निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य छन् : यशोधा फुड्स


काठमाडौँ । यशोधा फुड्स प्रा।लिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ । एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो ।

कम्पनीले जारी गरेको सूचना अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिती तथा ब्याच नम्बर २०२६-०२-२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ ।

‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६-०२-२३-०४ ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।