कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, कतिले पाए ?


काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

२८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।