नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित


काठमाडौँ । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् ।

संघको २०८३ साल जेठ २५ गते सम्पन्न नवौं र दशौं वार्षिक साधारण सभाबाट उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि उनले संघमा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । अध्यक्ष पदको कार्यकाल आगामी २ वर्षको हुनेछ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  ०९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।