काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु


काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि उनले बताए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । अरनिको यातायातको सो बसमा २५/३० जना सवार रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।