टीभीएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल निःशुल्क


काठमाडौँ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अल न्यू टीभीएस जुपिटर’ स्कुटरमा नयाँ ग्राहकमुखी अफर सार्वजनिक गरेको छ।

‘पेट्रोलको टेन्सन अब टीभीएस जुपिटर सोलुसन’ नारासहित ल्याइएको अभियानअन्तर्गत ग्राहकले टीभीएस जुपिटर खरिद गर्दा ९ महिनासम्म निःशुल्क पेट्रोल सुविधा प्राप्त गर्नेछन्। कम्पनीका अनुसार स्कुटरले प्रतिलिटर ६० किलोमिटरसम्म माइलेज दिने भएकाले दैनिक यात्रामा खर्च बचत गर्न मद्दत पुग्नेछ।

त्यसैगरी, ग्राहकलाई सहज स्वामित्वको अनुभव दिलाउन मासिक २ हजार ८९९ रुपैयाँदेखि किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले बढ्दो इन्धन खर्चका बीच ग्राहकलाई किफायती, भरपर्दो र सहज यातायात समाधान प्रदान गर्ने उद्देश्यले यो अभियान ल्याइएको बताए।

कम्पनीका अनुसार उत्कृष्ट माइलेज, आरामदायी यात्रा, आकर्षक डिजाइन र आजीवन वारेन्टी सुविधासहितको टीभीएस जुपिटर दैनिक प्रयोगका लागि उपयुक्त स्कुटर हो। यो अफर देशभरका आधिकारिक टीभीएस शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध रहनेछ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।