एनआईसी एशिया लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा जेठ ३० गते सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समुह एनआईसी एशिया बैंक लिमिटेडबाट मनोनित भई प्रतिनिधित्व गरेका लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल दिपेन्द्र शर्मा र पुष्कर राज जोशी तथा सर्वसाधारण समुह बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।