सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ अवार्डबाट सम्मानित


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा सम्मानित भएको छ।

विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको मूल्याङ्कनपछि प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको बैंकले जनाएको छ।

बैंकले मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड तथा डिजिटल खाता सञ्चालनलगायत सेवामार्फत ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्दै आएको छ।

सिद्धार्थ बैंकले आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

बैंकका अनुसार उक्त सम्मानले डिजिटल बैंकिङ सेवाको विस्तार तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई थप ऊर्जा र प्रेरणा दिएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  १४ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।