काठमाडौँ । सरकारले यही असारको तेस्रो सातादेखि सुकुमबासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।
मन्त्री रावलको सचिवालयले पठाएको एक भिडियोमा रावलले सुकुमबासी समस्या समाधानका लागि विगतमा अपनाइएका पुराना ढर्रा र संरचनाहरू प्रभावकारी नभएको स्वीकार गरिन्। उनले भनिन्, ‘पुरानो ढर्राबाट हुँदैन, पुराना जति पनि हाम्रा संरचना थिए, त्यसले राम्ररी काम गरेन र केही पनि नतिजा दिन सकेन ।’
‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं ।’ उनले भनिन् ।
विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो । सरकारले सहकारी पछि सुकुमबासी समस्यालाई प्राथमिकतामा राखेर समाधानको प्रयास गरिरहेको उनको भनाइ छ।












प्रतिक्रिया