काठमाडौँँ । सालपा विकास बैंककोे लकइन अवधि असार २४ गतेपछि सकिने भएको छ ।
बैंकले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ८६ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिने जानकारी गराएको हो । बैंकले साधारण सेयर जारी गर्दै लामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता शेयर छुट्याएको छ ।
सर्वसाधारणलाई आइपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।










प्रतिक्रिया