याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत


काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सारको १ करोड २० लाख कित्ता सूचीकृत भएको हो ।

याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता सेयर गरी कुल १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

याम्बालिङ्गको YHML सेयर टिकरमा कारोबार हुनेछ भने टक्सार पिखुवा खोला हाइड्रोपावरको TPKHL सेयर टिकरमा कारोबार हुनेछ। अब यी कम्पनीहरुको सेयर आगामी सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।