नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त


काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

सरकारले गठन गरेको छनोट समितिले भट्टसहित तीन जनालाई बोर्ड अध्यक्षका लागि सिफारिस गरेको थियो।

नयाँ सरकार बनेपछि यसअघिका सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।