लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा गैरे


काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् ।

एशोसियशनको १३औँ वार्षिक साधारणसभा तथा शनिबार सम्पन्न अधिवेशनबाट गैरेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू र तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी चयन भएकी छन्।

त्यसैगरी, महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्षमा हिममाया कार्की र सहकोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भएको एसोसिएसनका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिए।

यस्तै सदस्यहरुमा विष्णुप्रसाद सापकोटा, नवीन क्षेत्री पौडेल, ओमप्रकाश शिवाकोटी, शेरबहादुर कर्माचार्य, विक्रम खतिवडा, उर्मिला लामा, युवराज खतिवडा, राजेश मैनाली, पुण्यकुमार श्रेष्ठ र मिलन पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार  ०९ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।