पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका उनलाई सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको प्रकाउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको छ ।
उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।