नबिल बैंकको संस्थापक सेयर बिक्रिमा


काठमाडौँ । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ८९ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखेको छ ।

विद्यमान संस्थापक शेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरवारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा यस सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिन आग्रह गरेको छ।

उल्लिखित मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो सेयरहरू अन्य व्यक्ति÷संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।