कर्णाली । जाजरकोटको नलगाड नगरपालिकालाई २३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ ।
युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीहरुमा २७ वटा पारिवारिक टेन्ट, १४० थान गैर–खाद्य राहत सामग्री सेट, १४० थान मर्यादा किट (डिग्निटी किट) तथा २० थान वेयरहाउस प्यालेट रहेको पिपल ईन निड प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले जानकारी दिए।
प्यालेटहरु आगामी हप्तामा क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिने बताउँदै उनले भने, “स्थानीय तहको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने तथा आपतकालीन र जलवायुजन्य विपद्का समयमा प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्ने उद्देश्यले गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको हो । आगामी दिनमा थप १ लाख ४० हजार बराबरका वेयरहाउस प्यालेट उपलब्ध गराउनेछौं ।”










प्रतिक्रिया