सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने प्रस्ताव हटाइने


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेयर कारोबारमा एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने भएको छ। चौतर्फी विरोध भएपछि मन्त्रालयले सो प्रावधान हटाउने तयारी गरेको हो ।

धितोपत्रको कारोबार गर्दा लगानीकर्ताले धितोपत्र बोर्ड तथा ब्रोकरलाई विभिन्न किसिमका शुल्क र कमिसन बुझाउँदै आएका छन् ।

मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो सेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने प्रस्ताव मस्यौदामा छ ।

सो व्यवस्थाबारे उद्योग मन्त्रालयमा आवश्यक छलफल गरेर परिमार्जनको प्रक्रियामा रहेको मन्त्रालयले स्रोतले जानकारी दिएको हो ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  ०८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।