नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत


काठमाडौँ । भोलिदेखि एकैपटक दुई कम्पनीको सेयर कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज कालंगा हाइड्रो र सानिगाड हाइड्रोको आइपीओ सूचीकृत भएको हो।

नेप्सेमा कालंगा हाइड्रोको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ४९ लाख कित्ता (३५ प्रतिशत) र संस्थापकको ९१ लाख कित्ता (६५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले कालंगा हाइड्रोलाई प्रतिकित्ता न्यूनतम ९८.५६ रुपैयाँदेखि अधिकतममा २९५.६८ रुपैयाँ तोकेको छ। कम्पनीले ‘केएएचएल’ कारोबार संकेत पाएको छ।

यसैगरी नेप्सेमा सानिगाड हाइड्रोको १०० रुपैयाँ अंकित दरका कुल २ करोड ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ८५ लाख ५० हजार कित्ता (३० प्रतिशत) र संस्थापकको १ करोड ९९ लाख ५० हजार कित्ता (७० प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कम्पनीले ‘एसजीएचएल’ कारोबार संकेत पाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  १३ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।