काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि अधिकांश निजी पेट्रोलपम्प बन्द भएका छन् ।
सरकारले मंगलबार बेलुका पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ डिजेलको ३० रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटाएको थियो । तर, निजी पेट्रोलपम्पले घटेको मूल्यमा पेट्रोलियम पदार्थको बेच्न अस्वीकार गर्दै बन्द गरेका हुन् ।
इरानमाथि अमेरिका र इजराइलले सुरु गरेको आक्रमणले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च भएको थियो ।
इरानले स्टेट अफ हर्मुज बन्द गरेपछि कच्चा तेलको मूल्य १२० डलरमाथि पुगेको थियो । करिब १५ दिन अघि नै अवस्था सामान्य भएको थियो । युद्ध रोकिएसँगै कच्चा तेलको मूल्य युद्धअघिकै अवस्थामा झरेको छ ।
सरकारले भाउ बढाउँदा अगाडि नै स्टोर फुल गर्ने पम्प सन्चालक घटेपछि भने तेल उठाएका छैनन् । उनीहरूले पम्प नै बन्द गरेपछि साझा, प्रहरी र नेपाली सेनाको पेट्रोलपम्पअगाडि सवारीसाधनको लाइन लागेको छ ।










प्रतिक्रिया