पत्रकार भण्डारी पक्राउ


महेन्द्रनगर । कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका क्रममा आज महेन्द्रनगरबाट पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अदालतको पैmसला कार्यान्वयनका क्रममा पत्रकार भण्डारीलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालत पेस गरिएको जानकारी दिए ।

“गाली बेइज्जतीको मुद्दामा भण्डारीलाई एक महिना सात दिन कैद, रु १२ हजार १०० जरिवाना र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउन आदेश भएको थियो”, प्रवक्ता रावतले भने,“अहिले स्वास्थ्य जाँच गरेर अदालतमा पेस गरिसकेका छौँ ।”

प्रहरीले भण्डारीलाई भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको हो । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा उनी विरुद्ध परेको थियो । कञ्चनपुर जिल्ला अदालतले गतवर्ष जेठ महिनामा भण्डारीलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।