काठमाडौँ । नेपालमा आउने पर्यटकको संख्यामा दोब्बर वृद्धि भएको छ । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो ।
गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट धृेरै पर्यटक नेपाल भित्रिएका छन् । जुनमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४८ हजार २५४ जना आएका छन् । जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो ।
जसमा भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् भने चीनबाट ८ हजार ८७५ पर्यटक आगमन भएको छ भने जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।
युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक आएका छन् । अमेरिकाबाट १३ हजार ११९ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ११ हजार ८३६ हजार, क्यानडाबाट १ हजार ११ तथा ब्राजिलबाट १४० र मेक्सिकोबाट १३२ पर्यटक आएका छन् ।
त्यस्तै, जुन महिनामा ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ८९६ तथा न्यूजिल्यान्डबाट १९४ पर्यटक आएका छन् । अफ्रिकाबाट २९२ तथा मध्यपूर्वबाट ६७४ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो ।
यसअघि सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४१४, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४ र मे महिनामा एक लाख दुई हजार ६२६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।










प्रतिक्रिया