हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु


बागमती । लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढेको छ ।

सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।

उद्योग विसं २०३२ मा स्थापना भएको थियो । विसं २०३५ देखि विसंं २०५६ सम्म कपडा उत्पादन भइ विसं २०५७ देखि उद्योग बन्द भएको थियो ।

यसवर्ष सरकारले उद्योगको पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढाइरहेको उनले बताए । कपडा उद्योगसँगै बुटवल धागो र बाँकेको कपास उत्पादन कारखाना पनि बन्द छन् ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।