सुकुमबासी समस्या समाधान गर्न आग्रह


काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले भूमिहीन तथा सुकुमबासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुमबासीका प्रतिनिधिहरुले आज माइतीघर मण्डलामा भेला भएर आफूहरुलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।