काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकका कर्मचारीहरुकाे तलब भत्तामा ५५ अर्ब रुपैयाँ बढी खर्च गरेका छन् ।
२० वटा वाणिज्य बैंकहरुले साउन–जेठसम्म कर्मचारीको तलबभत्तामा कुल ५५ अर्ब १३ करोड १६ लाख रुपैयाँ खर्चिएका हुन् ।
अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्मको तुलनामा बैंकहरुको खर्च ३.७६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले कर्मचारीको तलबभत्तामा ५३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ खर्च गरेका थिए ।
अघिल्लो वर्षको तुलनामा १५ वटा बैंकको खर्च बढेको छ भने ५ वटाको घटेको छ । समीक्षा अवधिसम्म राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी खर्च गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्ता सर्वाधिक ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ८९ करोड ७६ लाख रुपैया खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो खर्च १६.५९ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको जेठसम्म कर्मचारीको तलबभत्तामा दोस्रो धेरै खर्च नबिल बैंकले गरेको छ । जेठसम्म यो बैंकले कुल ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ३ अर्ब ३३ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खर्च १२.९१ प्रतिशतले बढेको छ ।
तेस्रो धेरै खर्च गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले जेठसम्म ३ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष जेठसम्म यो बैंकले कर्मचारीको तलबभत्तामा ३ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ खर्च गरेका थियो । गत आवको तुलनामा यो वर्ष भएको खर्च ४.७२ प्रतिशतले बढी हो ।
यसैगरी, अघिल्लो वर्ष ३ अर्ब ५३ करोड रुपैयाँ तलवभत्ता खर्च गरेको लक्ष्मी सनराइज बैंकले यो वर्षको ११ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको छ । जुन गत आवको ११ महिनाको तुलनामा ६.०६ प्रतिशतले बढी हो ।
यता, नेपाल इन्भेष्टमेन्ट बैंकको तलबभत्ता खर्च ०.५९ प्रतिशतले बढेर २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत आवको ११ महिनामा खर्च २ अर्ब ९१ करोड रुपैयाँ तलब भत्ता वितरण गरेको थियो ।
त्यस्तै जेठसम्म सिटिजन्स बैंकले कर्मचारीको तलबभत्तामा १ अर्ब ९० करोड ४० लाख रुपैयाँ खर्च गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २०.४८ प्रतिशतले बढी हो। यो वृद्धि अन्य बैंकको तुलनामा बढी हो ।
यसैगरी, सानिमा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ तलबभत्ता वितरण गरेको छ । जुन गत आवको तुलनामा ७.०२ प्रतिशत बढी हो । बैंकले गत आवको सोही अवधिसम्म १ अर्ब ४९ करोड रुपैयाँ तलबभत्ता वितरण गरेको थियो ।
यस्तै प्राइम बैंकले ११ महिनामा १ अर्ब ५७ करोड तलब भत्ता वितरण गरेको छ भने नेपाल एबीआईले १ अर्ब ५८ करोड रुपैयाँ कर्मचारीलाई वितरण गरेको छ ।
समीक्षा अवधिसम्म कर्मचारीको तलब भत्तामा सर्वाधिक कम खर्च स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकले ९६ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यही अवधिससम्म बैंकले ९६ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खर्च ०.०६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको तुलनामा स्ट्यान्डर्ड चार्टर्डसँगै कुमारी, हिमालयन, एनआईसी एसिया र एनएमबि बैंकको कर्मचारीको तलबभत्तामा हुने खर्च घटेको छ।
कुमारीले तलबभत्तामा खर्च गर्ने रकम ८.२० प्रतिशतले घटाएको छ । ११ महिनाको अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँ तलबभत्ता वितरण गरेको छ ।
यसैगरी, एनआईसी एशियाको तलबभत्ता खर्च ८.७४ प्रतिशतले घटेर २ अर्ब ७८ करोड रुपैयाँमा सीमित बनेको छ भने हिमालयन बैंकको तलबभत्ता खर्च ०.७७ प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँमा कायम भएको छ ।
यता, एनएमबी बैंकले तलबभत्ता १२.५८ प्रतिशतले घटाएर २ अर्ब ३० करोड रुपैयाँमा सीमित गरेको छ ।










प्रतिक्रिया