रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुमवासीका समस्या समाधान गर्नुपर्ने, विपत्को पूर्व तयारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकमा सांसद सन्दीप रानाले भने, “मल नपाएर हाहाकार भएको छ, रेबीज र क्यान्सरका बिरामी उपचार नपाएर अलपत्र छन्, बालबालिका कुपोषणका शिकार भएका छन्, युवाहरु विदेश पलायन भएका छन् । यसमा सरकारको ध्यान जाओस् ।”

सांसद अर्जुनकुमार कार्कीले लोकतन्त्रका लागि लडेका प्रतिपक्ष र सत्तापक्ष दुवैले कानुन र विधिलाई आत्मसाथ गर्नुपर्ने बताए ।

सांसद गोपाल शर्माले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे । सांसद आरेन राइले सरकारले सुकुमबासी समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।