काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य बीमा बोडको कार्यकारी निर्देशकका लागि आह्वान गरेको दरखास्त रद्द गरेको छ ।
मन्त्रालयले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै दरखास्त रद्द गरेको हो ।
स्वास्थ्य मन्त्रालयले गत असार २ गते १५ दिनको म्याद राखेर कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको थियो। असार १६ गते दरखास्त दिएका १२ जनाको नाम सार्वजनिक समेत गरेको थियो ।
मन्त्रालयबाट खटाइएकी एघारौँ तहकी नर्सिङ् अधिकृत सकुन्तता प्रजापतिले अहिले बोर्डको निमित्त कार्यकारी निर्देशकको रुपमा कामकाज चलाएकी छन् ।










प्रतिक्रिया