तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन


भक्तपुर । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।

यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए।

हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।