काठमाडौँ । शुक्रबार नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ३ हजार १०० रुपैयाँले र चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९७९.७६ अमेरिकी डलर र चाँदी ५५.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया