काठमाडौँ । व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाल तत्काल थुनामुक्त नहुने भएका छन् । जिल्ला अदालत काठमाडौंले भट्ट र अग्रवाललाई धरौटीमा छाड्न आदेश दिए पनि उनीहरु थुनामुक्त भने हुने छैनन् ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐन अन्तर्गतको कसुरसहित तीनवटा फरक मुद्दामा बिहीबार (असार ३२) साँझ धरौटीमा छाड्न आदेश दिएको थियो । विशेष अदालतमा चलेको अर्को सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनीहरू पुर्पक्षका लागि थुनामै रहेका कारण धरौटीमा नछुट्ने अवस्था आएको हो ।
उक्त प्रकरणमा भट्टसँग एक करोड ५० लाख धरौटी माग भएको छ । अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । उक्त मुद्दामा भट्टसहित ४२ जना प्रतिवादी रहेका छन् । अदालतले धितोपत्र सम्बन्धी मुद्दामा भट्टसँग एक करोड रुपैयाँ र अग्रवालसँग एक करोड ५० लाख माग गरेको छ ।
बिमा र धितोपत्र सम्बन्धी मुद्दामा जिल्ला अदालतमा धरौटी बुझाए पनि उनीहरू थुनामुक्त हुन पाउँदैनन् ।










प्रतिक्रिया