नाडाको स्वर्ण जयन्तीमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट

भदौ ९ देखि १८औँ नाडा ‘अटो शो’ हुँदै


काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ।

अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ ले मुख्य प्रायोजकका रूपमा प्रस्तुत गरेको छ। पाँच दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताका लागि खल्टी एप सँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो।

अफरअन्तर्गत खल्ती एप मा गएर वा आधिकारिक खल्तीको क्युआर स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताहरूले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत भारी छुट पाउने छन्। यो छुट योजना सीमित अवधिका लागि मात्र रहने भएकाले समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ।

यस वर्षको प्रदर्शनीमा नवीनतम ईभी (इलेक्ट्रिक) तथा इन्धनबाट चल्ने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्टका साथै वित्तीय तथा बिमा सुविधाहरू एकै ठाउँमा उपलब्ध गराइने छन्।

५० वर्षको गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउन र नयाँ प्रविधिसँग साक्षत्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीहरूलाई आयोजक नाडाले आह्वान गरेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १८ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।