विद्युत् प्राधिकरणले कर्मचारीलाई दिने उत्सव भत्ता ३ हजार रुपैयाँले बढायो


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरुलाई २७ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ । यसअघि गत वर्ष २४ हजार रूपैयाँका दरले भत्ता वितरण गरेको प्राधिकरणले यो वर्ष बढाएर २७ हजार पु¥याएको हो ।

प्राधिकरणको ४१ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्राधिकरणको उन्नति र प्रगतिमा अहोरात्र खटिने स्थायी, करारदेखि ज्यालादारीसम्मका सम्पूर्ण कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप जनही २७ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।

प्राधिकरणमा १३ हजार कर्मचारी छन् । जसले २६ हजार रुपैयाँका दरले भत्ता वितरण गर्दा प्राधिकरणको ३५ करोडभन्दा बढी खर्च हुनेछ ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।