नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो


काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा कायम भएको छ ।

सोमबार ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयरहरु ५३ हजार १५३ पटकमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँमा किनबेच भएका छन् । शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, धौलागरी लघुवित्तको सेयर मूल्य ११.९८ प्रतिशतले र सीवाइसी नेपाल लघुवित्त ९.१४ प्रतिशतले बढेको छ । यता, पञ्चकन्या माई हाइड्रोको सेयर मूल्य ९.८३ प्रतिशतले घटेको छ । त्यस्तै, वीन नेपाल लघुवित्त ८.६७ प्रतिशतले र इनएमबी सुलभ इन्भेष्टमेन्ट ८.२७ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज १२ करोड ७२ लाख ८२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोको ११ करोड ८८ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार हुँदा साहस उर्जाको १० करोड ६५ लाख २१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।