‘नाडा अटो सो २०२६’ आजदेखि सुरु, १ दर्जन बैंक तथा वित्तीय संस्थाले दिदैँछन् साथ


काठमाडौँ । ‘नाडा अटो सो २०२६’ आजदेखि सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा आयोजना भएकाे यो संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १४ गतेसम्म सञ्चालन हुने छ ।

अटो शोमा कारले २२ वटा ब्राण्डले सहभागिता जनाएका छन् । दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल गरी ५१ ब्राण्डले सहभागि छन् ।

अटो शोमा रिडारा, आयोन, जेएमईभी, टाटा (ईभी), सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा, जेको, जेटोर, एमजी (पारामाउन्ट मोटर्स), जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेल लगायत ब्रन्डहरु सहभागी हुँदैछन् ।

त्यस्तै, कमर्सियल ब्राण्डमा फोटोन, सोकन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स रहनेछन् ।
दुईपाङ्ग्रेतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा÷एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्ट सहभागी हुँदैछन् । सवारी साधनबाहेक टायर, लुब्रिकेन्ट, स्पेयर पार्टस लगायत दर्जनौं अटो कम्पनेन्ट कम्पनीहरूको पनि सहभागी हुनेछ ।

यसका साथै १ दर्जन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू रहनेछन् । नबिल, एनआईसी एशिया, लक्ष्मी सनराइज, प्रभु, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, ग्लोबल आईएमई, महालक्ष्मी विकास बैंक, शिखर इन्स्योरेन्स र गोर्खाज फाइनान्सको स्टल रहने जनाइएको छ ।

के छ मुख्य आकर्षण ?

नाडा अटो शोको मुख्य आकर्षण ४ करोड हारहारीको गाडी हो । बीवाईडीले नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा महँगो ब्रान्ड ‘डेन्जा बी ८’ सार्वजनिक गर्दै छ । जसलाई नाडा शोमा २० लाख रुपैयाँ छुट दिएर ३ करोड ८० लाखमा ल्याउने तयारी छ । डेन्जाको बी ५ मोडल भने नाइमा मोबिलिटी एक्पोमा सार्वजनिक भएको थियो ।

डेन्जाको यो मोडल प्लग–इन हाइब्रिड एसयूभी हो । पेट्रोल र विद्युतीय मोटरको संयुक्त पावरट्रेनबाट ७८० देखि ८५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

यता, एमएडब्लू वृद्धि मोटर्सले ‘नामी भिगो ई २’ फुल एसयूभी नाडामा देखाउने भएको छ । नाडा अटो शोमा यसको मुल्यमा २ लाख रुपैयाँ छुट दिइएको छ । नाडा अटो शोको समापनसम्मका लागि ३५.९९ लाख रूपैयाँमा नेपाली बजारमा ‘नामी भिगो ई २’ एसयूभी सार्वजनिक गरिएको छ । नाडापछि यसको मूल्य ३७.९९ लाख रूपैयाँ कायम हुने छ ।

यसका पनि दुई भेरियन्ट छन् । थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाख रूपैयाँमा भिगो ई २ प्लस रोज्न सक्ने छन् भने ई २ प्लसमा मुनरुफ र आर १८ टायर पनि उपलब्ध छ ।

एमएडब्लू वृद्धि अटोकर्पले नाडामा अर्को अल–न्यू दिपल ‘निभो क्यू ०५’ ल्याउने तयारी गरेको छ । चिनियाँ कम्पनी चांगानको नयाँ ‘दिपल निभो क्यू ०५’ २ हजार ७३५ मिमि लामो ह्विलबेससहित आउँछ ।

त्यस्तै, ५४० लिटरको स्ट्यान्डर्ड बुटले लगेज पाउन सकिन्छ । जसान ५१.९ किलोवाट घण्टाको क्याटल लिथियम आइरन फस्फेट ब्याट्री उपलब्ध छ ।

गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम प्रविधिसँग एकीकृत गरिएको यसले ३ सी फास्ट चार्जिङ सपोर्ट गर्नेछ भने यसको पिक डीसी चार्जिङ क्षमता १६२ किलोवाटसम्म रहने जनाइएको छ । यसको मूल्य पनि अहिले खुलाइएको छैन । आज सार्वजनिक हुने धेरैजसो ब्रान्डले नेपालमा पहिलो पटक आफ्ना प्रिमियम र बजेट ईभीहरू सार्वजनिक गर्ने तयारी गरेका छन् । यो पनि नाडा अटो शोको आकर्षक हो ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  ०८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।