रसुवा बाढी प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल


काठमाडौँ । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले नेपाल उद्योग परिसंघलाई स्तब्ध बनाएको छ ।

परिसंघले यस दुखद् घडीमा बाढीमा परी ज्यान गुमाउनु भएका नागरिकप्रति परिसंघ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विपत्तिको समयमा प्रभावित नागरिकहरुलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निमाण तथा आवश्यक कार्य गर्न गराउन परिसंघले डिजास्टर रेस्पोन्स कमिटी स्थापना गरी राहत सामाग्री संकलन तथा हस्तान्तरणको काम अगाडि बढाएको जनाएको छ ।

परिसंघले यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गरेको छ । । साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।