लक्ष्मी सनराइज बैंकद्वारा विपद् कोषमा ३ करोड २४ लाख सहयोग


काठमाडौँ । लक्ष्मी सनराइज बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, जीविकोपार्जनका माध्यम र अत्यावश्यक पूर्वाधार प्रभावित भएका छन्।

बैंकले प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन र पुनर्निर्माणका प्रयासलाई अघि बढाउन यो योगदान गरिएको जनाएको छ। साथै, विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति बैंकले सम्मान व्यक्त गरेको छ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।