मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अनुसार प्रधानमन्त्री शाहले उक्त समयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन् ।

सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।