तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान


काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन ।

प्रधानसेनापतिको यो भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत मुलुकको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।