आवास एक्स्पोमा २५ प्रतिशत सम्म छुट अफर


काठमाडौँ । असोज १ गते देखी भृकुटीमण्डपमा सुरु हुन गईरहेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ मा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर दिने भएको छ ।

आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाडौंमा हुन लागेको सिजी प्रपर्टी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पोले सुलभ मूल्यदेखि भारी छुटसम्मका विकल्प अघि सारेको छ । एक्स्पो ५ हजार १ मै टोकन बैना गर्न सकिने अफर सार्वजनिक गरिएको छ । काठमाडौं नजिकै ३ बेडरुम सहितको २ तले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिँदैछ ।

असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी डेभलपर्सहरूले घर तथा जग्गा खरिदलाई सहज बनाउन विभिन्न सुविधा अघि सारेका हुन् । एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार छानी–छानी घर तथा जग्गा खरिद गर्न सक्नेछन् । घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ । यसका अतिरिक्त घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटसँगै ५ हजार १ रुपैयाँमा टोकन बैना गर्दा पनि जग्गा चित्त नबुझेमा टोकन बैना फिर्ता हुने व्यवस्था पनि गरिएको छ । घरजग्गा कारोबार सुस्ताइरहेका बेला काठमाडौंमा आयोजना हुन लागेको एक्स्पोमा उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र सुविधाका आवास तथा जग्गा खरिदका विकल्प सार्वजनिक गरिएका हुन् ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी’ नेपालमा सुरक्षित, सुव्यवस्थित एवम् वैज्ञानिक बस्ती विकास गरी दिगो शहरीकरणलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ गर्न लागिएको हो ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।