सोमबारको विदेशी मुद्रा विनिमयदर : कसकाे कति ?


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा तोकिएको छ। बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०६ रुपैयाँ २९ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ ११ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलरको ११० रुपैयाँ र ११० रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलरको १२० रुपैयाँ ४२ पैसा र १२० रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर र बिक्रीदर दुवै २२ रुपैयाँ ७५ पैसा तोकिएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २ पैसा रहेको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा तोकिएको छ। यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम हुँदा मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा रहेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा तोकिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा तथा ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६०

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।