सुन तोलामा १ हजार २०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो


काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ थियो।

महासंघका अनुसार सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो।

चाँदीको मूल्य १० ग्रामका लागि ३ हजार ९६१ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।