काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय ९एसएमई० तथा स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले यस प्याकेजअन्तर्गत १ जीबीपीएस इन्टरनेट स्पिड, १ टीबी डाटा र पब्लिक आईपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् ।
प्याकेजअन्तर्गत ग्राहकले वाइफाइ ६ राउटर निःशुल्क पाउनुका साथै निःशुल्क सर्वे, इन्स्टलेसन तथा सेटअप सेवा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ ।





प्रतिक्रिया