काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इञ्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
इञ्जिनियर यादवले एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिएका थिए ।
घुस रकम लिइसकेको अवस्थामा आयोगको टोलीले केही समय पहिले यादवलाई नियन्त्रणमा लिएको थियो ।
इञ्जिनियर यादवले विद्युत् लाइन जडान तथा सोसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको अनुसन्धानबाट खुलेकाले आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।







